५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बाँकेमा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको ज्यान गयो



बाँके ।
बाँकेको खजुरा गाउँपालिकामा रहेको मानखोलामा डुबेर सोमबार दुई जना बालबालिकाको ज्यान गएको छ।

पौडी खेल्ने क्रममा डुबेर खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र सात वर्षीय किरण नेपालीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८० मंगलबार ००:००  ८ : ०४ बजे