२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ८ जना घाइते



दाङ ।
राप्ती राजमार्ग अन्तर्गत दाङको शिरखोलामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ८ जना घाइते भएका छन् ।

तुलसीपुरबाट रोल्पाका लागि छुटेको रा १ ज ५५६ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका वडा नं ३ शिरखोलामा दुर्घटना हुँदा चालक विष्णु पुनको ज्यान गएको हो।

घाइतेमध्ये चार जनालाई नेपालगञ्ज रेफर गरिएको छ । चार जनाको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाको छ ।

प्रकाशित मिति : १ असार २०८० शुक्रबार ००:००  १२ : ४७ बजे