२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कति ल्यायो बाणगंगा नगरपालिकाले बजेट ?



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले रु. १ अर्ब ५६ करोड ३२ लाख ९३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । १३ औं नगरसभामा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीले सो बजेट शनिबार सार्वजनिक गरेकी हुन् ।

कृषि, उद्यमशिलता, शिक्षा, स्वास्थ्य, सुुशासन, दिगो र वातावरण मैत्री पूर्वाधार लगायत विभिन्न पक्षलाई प्राथमिकतामा राख्दै नगरपालिकाले आगामी आव २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

संघीय सरकारबाट प्राप्त शसर्त चालु बजेट रु. ४४ करोड ९५ लाख, पूँजीगत रु. ३ करोड ४५ लाख, संघीय विशेष रु. ५० लाख, संघीय समपुरक रु. ६० लाख, गरी जम्मा रु. ४९ करोड ५० लाख, प्रदेश सरकारबाट प्राप्त शसर्त चालु रु. ५८ लाख, पूँजीगत रु. १ करोड ३२ लाख, प्रदेश समपुरक रु. १ करोड ५० लाख गरी जम्मा रु. ३ करोड ४० लाख, सामाजिक सुरक्षातर्फ रु. ३७ करोड र योजना तथा कार्यक्रमको लागत सहभागिता रु. ३ करोड ५० लाख गरी जम्मा रु। ९० करोड ८० लाख बाँडफाँड गरिएको छ ।

बाँकी रु. ६२ करोड ५९ लाख ९२ हजार बजेटबाट आर्थिक विकास रु। ९ करोड ४४ लाख ९३ हजार, सामाजिक विकासमा रु. ५२ करोड, पूर्वाधार विकासमा रु. ३६ करोड ५२ लाख ५० हजार, वन वातावरण तथा विपद व्यवस्थापनमा रु. १ करोड ११ लाख र संस्थागत सुशासनको क्षेत्रमा रु. २० करोड २४ लाख ५० हजार बाडँफाँड गरिएको छ ।

यता चालु आर्थिक वर्षको समष्टिगत बित्तीय प्रगति अन्तर्गत चालु आव २०७९/०८० मा कूल आय अनुमान १ अर्ब २८ करोड ८२ लाख ४६ हजार ९ सय ८९ रहेकोमा जेष्ठ मसान्तसम्म १ अर्ब ८ करोड ७७ लाख ६० हजार ४ सय १८ प्राप्त भएको छ ।

आन्तरिक आम्दानीको समिक्षा गर्दा प्रस्तावित आय रू. ६ करोड ७२ लाख ८१ हजार ७ सय ६१ अनुमान गरिएकोमा २०८० जेष्ठ मसान्तसम्म रू. ५ करोड ८४ लाख ५८ हजार ९ सय १२ मात्र असुली भई ८६.८८ प्रतिशत आन्तरिक आयतर्फको लक्ष्य प्राप्त गरिएको छ भने वार्षिक लक्ष्य भन्दा बढी हुने संसोधित अनुमान रहेको ।

चालु आर्थिक वर्ष २०७९।०८० को खर्चको संक्षिप्त समिक्षा गर्दा प्रस्तावित आय रू. १ अरब २८ करोड ८२ लाख ४६ हजार ९ सय ८९ मध्ये चालुतर्फ रु. ७० करोड ९१ लाख ९३ हजार ९ सय ८७ विनियोजन गरिएकोमा २०८० जेष्ठ मसान्तसम्म रु. ४५ करोड ७१ लाख ५९ हजार २ सय ४६ खर्च भई ६४.४५ प्रतिशत र पूँजिगत खर्चतर्फ रू. ५७ करोड ९० लाख ५३ हजार २ विनियोजन गरिएकोमा रु. २६ करोड ७४ लाख ३२ हजार ७ सय १९ खर्च भई ४६.१८ प्रतिशत गरी जम्मा ५६.२४ प्रतिशत खर्च प्रगति भएको छ । आगामी आषाढ मसान्तसम्म करिब ८५ प्रतिशत भन्दा बढी खर्च हुन सक्ने संसोधित अनुमान गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८० शनिबार ००:००  ९ : २४ बजे