३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

दाङमा चट्याङ लागेर दुई जनाको ज्यान गयो



दाङ ।
दाङको दङ्गीशरण गाउँपालिकामा चट्याङ लागेर शनिबार दुईजनाको ज्यान गएको छ।

चट्याङ लागेर दङ्गीशरण गाउँपालिका-६ बागरका ३२ वर्षीय समिर केसी र दङ्गीशरण गाउँपालिका-३ चखौराका ३७ वर्षीय रामनारायण चौधरी (वीरेन्द्र) को ज्यान गएको हो ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

उनीहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ असार २०८० शनिबार ००:००  ९ : ३० बजे