२७ बैशाख २०८१, बिहिबार | Fri May 10 2024

दाङमा मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको मृत्यु



दाङ।
दाङमा मोटरसाइकल दुर्घटना एक जना स्वास्थ्यकर्मीको मुत्यु भएको छ ।

मुत्यु हुनेमा शान्तिनगर गाउँपालिका–७ खैरेनीका ३३ वर्षीय ताराप्रसाद बिक रहेका छन् । मृत्यु हुने विक स्वास्थ्य चौकी राजपुरका निमित्त प्रमुख हुन् ।

बुधवार राति राजपुर गाउँपालिका–५ जंग्रहवा चोकमा नाली निर्माणका लागि राखिएको बालुवामा चिप्लिएर निमित्त प्रमुख बिक सवार रा ६ प ८९२४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवालाई प्रमुख प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए ।

मृतक वली निमित्त प्रमुख बिक हाल राजपुर स्वास्थ्य चौकीमा कार्यरत थिए । स्वास्थ्य चौकीमा प्रमुख नभएपछि उनले निमित्त प्रमुखको जिम्मेवार पाएका थिए ।

त्यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अमृत रोकाको लमहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८० शुक्रबार ००:००  ९ : २५ बजे