१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ



रुपन्देही ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ६५ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

प्रहरीले हिजो बेलुका १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडा नम्बर ५ मानपकडीका ६५ वर्षीय शिव भारतीलाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रमुख भरत बिकले जानकारी दिनुभयो ।

शुक्रवार घर वरिपरि खेलिरहेकी बालिकालाई भारतीले प्रलोभनमा पारेर बलात्कार गरेको प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : १७ असार २०८० आइतबार ००:००  ५ : २३ बजे