काठमाडौँ ।
तीन दिनसम्म भारी वर्षा हुने भएपछि देशभरका अधिकांश विद्यालय बन्द भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले बाढी तथा पहिरोको जोखिम देखिएको भन्दै आज (बिहीबार) र भोलि (शुक्रबा)र विद्यालय बन्द गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेपछि विद्यालय बन्द गरिएका हुन्।
मन्त्रालयको अनुरोध पत्रमा भनिएको छ, ‘यही २०८३ असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेको जानकारी जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञहरूबाट पूर्वानुमान भएको छ। यसबाट बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत र सञ्चार सेवामा अवरोध हुने जोखिम रहन्छ। तसर्थ यो अवधिलाई त्रासभन्दा पनि पूर्वतयारीसहित सावधानीमा उपयोग गर्नु बुद्धिपूर्ण रहने हुनाले सबै शिक्षण संस्था, स्थानीय तह, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा आवश्यक समन्वय र सहजीकरण गर्नुहुन अनुरोध छ।’
मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार सबै विद्यार्थी एवं बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकतानुसार विद्यालय विदा गर्नुरगराउन अनुरोध गरिएको छ।
सबै विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायले असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्कतानुसार स्थगित गर्न अनुरोध गरिएको छ।
यस्तै सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नु पर्ने अवस्थामा स्थानीय तहलाई सहजीकरण गर्न रअभिभावकहरूले बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन आग्रह गरिएको छ, जसअनुसार स्थानीय तहहरूले विद्यालय बन्द गरेका छन्।
काभ्रेपलाञ्चोकका चार स्थानीय तह ९बनेपा, बेथानचोक, मण्डनदेउपुर र रोशी गाउँपालिका० मा आज र भोलि सबै विद्यालय पूर्णरूपमा बन्द गर्ने निर्णय भएअनुसार विद्यालय बन्द भएका छन्।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले हिजो नै सूचना जारी गरेर दुई दिन विद्यालय बन्द गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै भारी वर्षा सम्भावनाले जोखिम भएको भन्दै असोज ८ गतेदेखि ९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ।
यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिकाले पनि नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन ९आज र भोलि० को सम्पूर्ण पठनपाठन बन्द गरेको छ।
मोरङको विराटनगर महानगरपालिकाले पनि दुई दिन विद्यालय बन्द गरेको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिकाले आज र भोलिको सबै पठनपाठन बन्द गरेको छ। नुवाकोटको भूमिकास्थान नगरपालिका, पाँचथरको फिदिम नगरपालिकाले आजदेखि भोलिसम्म विद्यालय बन्द गरेको छ।
त्यस्तै इलामको माङ्सेबुङ गाउँपालिका लगायत अन्य स्थानीय तहहरुले पनि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेअनुसार विद्यालय बन्द भएका छन्। असोज १० गते र ११ गते भने सार्वजनिक बिदा नै परेको छ।
काठमाडौँउपत्यकासहित देशका अधिकांश भूभागमा अहिले पानी परिरहेको छ। मौसमविद्हरूले असोज ९ देखि ११ गतेसम्म हुन सक्ने निरन्तर वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै लामो दूरीको यात्रा समेत स्थगित गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।
सरकारले पनि यो समयमा सतर्कता अपनाउन सबै नागरिकलाई आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि वर्षाको क्रम अझै बढ्नेछ र केही स्थानमा मुसलधारे तथा ‘आरीघोप्टे’ वर्षाको सम्भावना रहेको छ।
यस्तै हावाहुरीको पनि जोखिम छ। देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दैछ। यसको प्रभावस्वरूप बुधबारबाटै कोशी, बागमती र गण्डकीमा वर्षाको गतिविधि बढेको हो।
खराब मौसम र विपद्को जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले आजदेखि असोज १२ गतेसम्म लामो दूरीको र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ। मुख्य राजमार्गहरूमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएका छन्।









प्रतिक्रिया