९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

शुद्धोधनका उपाध्यक्ष कुर्मी भन्छन्ः पालिकामा हुने कार्यक्रमबारे जानकारी हुन छाड्यो



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश कुर्मीले पालिकाका कुनै पनि शाखामा हुने कार्यक्रमको बारेमा आफूले जानकारी नपाउने गरेको गुनासो गरेका छन् ।

आइतबार प्रमुख प्रशासकीय अधिकृतलाई एक पत्रमार्फत प्रश्न गर्दै उपाध्यक्ष कुर्मीले भनेका छन्, ‘पालिकाभित्र रहेका कुनैपनि कार्यक्रमको बारेमा सूचना नदिनुको कारण के हो ?’

स्पष्ट खुलाई पाउँ शिर्षकमा प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै सूचना नपाउने अधिकार उपाध्यक्षलाई छ भने त्यसको जवाफ दिनसमेत उनले भनेका छन् ।

गाउँपालिका उपाध्यक्षको हक अधिकार भित्र छैन भने स्पष्ट लिखित जवाफ उपलब्ध गराइदिनुहोला पत्र मार्फत प्रमुख प्रशासकीय अधिकृतलाई उनले भनेका छन् ।

उपाध्यक्ष कुर्मीले स्थानीय तहको चुनावमा नेकपा (माओवादी केन्द्र) बाट अत्याधिक मत पाएर चुनाव जितेका थिए ।

शुद्धोधनको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्ण ज्ञवाली छन् ।

प्रकाशित मिति : १७ असार २०८० आइतबार ००:००  ९ : ३३ बजे