२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कपिलवस्तुको मायादेवी गाउँपालिका साक्षर घोषणा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको मायादेवी साक्षर गाउँपालिका घोषणा भएको छ । आइतबार एक कार्यक्रमका बीच पालिकालाई साक्षर भएको घोषणा गरिएको हो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवले १५ देखि ६० बर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि पालिकालाई साक्षर घोषणा गरिएको जानकारी दिए ।

केही दिन अगाडी मात्र जिल्लाको विजयनगर गाउँपालिकालाई जिल्लाको साक्षर पालिका घोषणा गरिएको थियो । अब जिल्लामा यशोधरा गाउँपालिका र कृष्णनगर नगरपालिका मात्र साक्षर घोषणा हुन बाँकी छ।

प्रकाशित मिति : १७ असार २०८० आइतबार ००:००  ९ : ४५ बजे