१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक खस्यो



काठमाडौं ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट ट्रक तल खसेको छ ।

रासायनिक मल बोकेर रुपन्देहीको भैरहवाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक आज ९बुधबार० बिहान ४ः३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा चालक बसन्त चौधरी र सहचालक प्रदीपकुमार रनिया घाइते भएका प्रहरीले जनाएको छ । चालक ट्रकमा च्यापिएको अवस्थामा उद्धार गरिएको थियो ।

ट्रक पुलको रेलिङ भाँच्दै खोलामा खसेको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८० बुधबार ००:००  ८ : ०० बजे