१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लक्ष्मण घिमिरे प्रेस युनियन अर्घाखाँची अध्यक्ष निर्वाचित



अर्घाखाँची ।
नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन अर्घाखाँचीको अध्यक्षमा लक्ष्मण घिमिरे निर्वाचित भएका छन् ।

बुधबारबाट सन्धिखर्कमा शुरु भएको आठौं जिल्ला अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको हो ।

पत्रकार घिमिरे नागरिक दैनिकसहित विभिन्न मिडियाहरुमा कार्यरत छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८० बिहिबार ००:००  ११ : ०३ बजे