२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मायादेवी गाउँपालिकाकी उपाध्यक्षले हालिन् उच्च अदालतमा मुद्धा, अध्यक्षले मनोमानी गरेको आरोप



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाकी उपाध्यक्ष सरस्वती यादव उच्च अदालत तुल्सीपुर, बुटवल, इजलास पुगेकी छिन् ।

अध्यक्ष वलिउद्दिन मुसलमानले आफ्नो अधिकार मिचेर अगाडी बढेको भन्दै उपाध्यक्ष यादव कानुनी उपचार खोज्दै अदालत पुगेकी हुन् ।

उपाध्यक्ष यादवले आफू आफ्नो अधिकारका लागि अदालत पुगेकी बताइन् ।

अध्यक्ष र उपाध्यक्ष बीचको विवाद उत्कर्षमा पुगेपछि आगामी आव ०८०/८१ को बजेटसमेत समयमा ल्याउन नसकेको मायादेवीमा विवाद सार्वजनिक भएको हो ।

बुधबार मात्र मायादेवी गाउँपालिकाले बजेट ल्याएको छ । तर बजेट पढ्ने उपाध्यक्षको अधिकार भएपनि अध्यक्षले आफै बजेट ल्याएको आरोप छ । गत बर्षदेखि नै आफूमाथि अन्याय भएपनि सहेर बसेको र यो बर्ष उहीँ नियती दोहोरिएपछि अदालत पुग्न बाध्य भएको उपाध्यक्षलाई उदृत गर्दै मेवालाल यादवले बताए ।

पालिकामा बेथिती मच्चिएको उनले बताए । अध्यक्षले आफ्नो इच्छा अनुसार कर्मचारी भर्ना गर्ने गरेको उनले बताए । पालिकामा प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवको भूमिका पनि सकारात्मक नभएको उनको भनाई थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८० बिहिबार ००:००  १२ : ०४ बजे