८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

दाङमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार



दाङ ।
दाङमा मध्यरातमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ।

बिहीबार मध्यराति तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र ७३ बर्षीया वृद्धामाथि सामुहिक बलात्कार भएको हो।

बलात्कार गरिरहेकै अवस्थामा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३० बर्षीय पुष्कर रोका र सल्यान जिल्लाको कुमाख गाउँपालिका – ७ का २० बर्षीय रेशम बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

प्रकाशित मिति : ५ श्रावण २०८० शुक्रबार ००:००  ८ : ४३ बजे