८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

रुकुम पूर्वः मलामी गएका एक व्यक्ति सानीभेरी नदीमा बेपत्ता



रुकुम पूर्व ।
रुकुम पूर्वमा मलामी गएका एक व्यक्ति सानीभेरी नदीमा बेपत्ता भएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ८ धपेका ३८ वर्षीय छविलाल पुन हिजो आइतवार नदीमा बेपत्ता हुनुभएको हो ।

हिजो दिउँसो मलामी गएका पुन दाहसंस्कारपछि नुहाउन लाग्दा सानीभेरी नदीमा चिप्लिएर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।

बेपत्ता पुनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८० सोमबार ००:००  ९ : ०८ बजे