१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सालझण्डीमा २५६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ



मायादेवी अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० सालझण्डीमा लागूऔषध खैरो हेरोइनसहित चार जना प्रक्राउ परेका छन् ।

सोमबार अपराह्नपख सालझण्डी बजारमा लागू औषध खैरो हिरोइन खरिद विक्री कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा चार जना प्रहरीको नियन्त्रणमा परेका हुन् ।

इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले सालझण्डीको ड्याम साइटमा खैरो होरोइन कारोबार गर्ने चार जनालाई प्रक्राउ गर्न सफल भएको हो ।

प्रक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं.५ बस्ने १८ बर्षीय प्रतिक थापा, सैनामैना नगरपालिका वडा नं.१० बस्ने २६ बर्षीय सुनिल थारू, सोही स्थानका २८ बर्षीय जिसस भन्ने जित बहादुर दर्लामी र बर्ष २५ का डि के भन्ने दिनेश कुमार पुन रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक इश्वर बहादुर थापाले बताए ।

यी चार जना युवाहरुको साथबाट ३२ थान पुडियामा गरी जम्मा २५६० मिली ग्राम लागु औषध खैरो हेरोईन फेला पारिएको सालझण्डी प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १० श्रावण २०८० बुधबार ००:००  ७ : ४९ बजे