१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शिवराज आधारभूत अस्पतालमा २४ घण्टे प्रसुती सेवा



कपिलवस्तु ।
कपिलवस्तुको शिवराज आधारभूत अस्पतालमा २४ घण्टे प्रसुति सेवा सुरु गरिएको छ ।

सेवा सुरु भएसँगै समयमा उपचार हुन नसकी ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । नगरपालिकाका हरेक घरमा प्रसुति शुुन्य गराई गर्भवती आमा र शिशु मृत्युदर न्यून गर्न प्रसुति सेवा सञ्चालन गरिएको हो ।

लुम्बिनी प्रदेशकै शिवराज नगरपालिका मातृशिशु मृत्युदर उच्च हुने पालिकको शिर्ष स्थानमा रहेको छ । अस्पतालमा २४ घण्टे प्रसुति सेवा सुरु भएपछि गर्भवती र शिशु मृत्युदर न्यून हुने बताईएको छ ।

अस्पतालमा ओपिडी, मुटु परिक्षण, इसिजी सेवा, भिडियो एक्सरे, प्रयोगशालासेवा समेत सञ्चालनमा आएको छ । अस्पतालले एक महिनाभित्र सुरक्षित गर्भपतन सेवा समेत सुचारु गर्ने तयारी गरेको अस्पतालका प्रमुख लेखनाथ पौडेलले बताउनुभयो ।

अस्पताल सञ्चालनका लागि पालिकाले २ मेडिकल अफिसर, १ रेडियो ग्राफर सहित ७ जना स्वास्थ्यकर्मीको दरवन्दी थप गरेको छ । स्वास्थ्यकर्मी व्यवस्थापनका लागि पालिकाले आन्तरिक आम्दानीबाट बजेट विनियोजन गरेको हो ।

जटिल अवस्थाका प्रसुतिलाई सेवा दिन नसकेका कारण गर्भवतीको अकालमै मृत्यु समेत हुने गरेको थियो । २४ घण्टे प्रसुति सेवा सुरु भएसँगै मातृशिशु मृत्युदर शुन्य हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८० बिहिबार ००:००  २ : २४ बजे