४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

स्वास्थ्यकर्मी पौडेललाई जिम्मेवारीबाट हटाइयो, भ्रामक सूचनाबाट सजक रहन आग्रह



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले आधारभूत अस्पताल प्रमुखको जिम्मेवारीमा रहेका स्वास्थ्यकर्मी लेखनाथ पौडेललाई जिम्मेवारीबाट हटाएर कारबाही प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

चन्द्रौटास्थित आधारभूत अस्पतालका प्रमुख रहेका पौडेलमाथि अस्पतालमा कार्यरत आफ्नै कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । शुक्रबार राति साढे १० बजेको समयमा पौडेलले मदिरा सेवन गरी महिला कर्मचारीमाथि दुर्व्यवहार गरेका हुन् ।

आइतबार घटना बाहिरिएपछि शिवराज नगरपालिकाले दोषिउपर कारबाही हुने प्रष्ट पारेको छ । नगर प्रमुख अजय थापा र प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले एक विज्ञप्ति निकाल्दै दोषिमाथि आरोप प्रमाणित भए कारबाही हुने प्रष्ट पारेका छन् । हाल पौडेललाई पदिय जिम्मेवारीबाट हटाइसकेको उल्लेख गर्दै थप कारबाहीको प्रक्रिया थालिएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

कतिपय मिडियाले नगर प्रमुख थापा र प्रमुख प्रशासकीय अधिकृत पाण्डेमाथि नकरात्मक समाचार प्रकाशन गरिएको प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । सत्य, तथ्यमा आधारित सूचना पाउनु नागरिकको हक भएको भन्दै गलत समाचारको पछि नलाग्न सबैमा आग्रह गरिएको छ ।

यता आरोपित पौडेलमाथि कानुनी कारबाही हुनुपर्ने कर्मचारीको माग छ । आरोपित पौडेल हाल सम्पर्क विहिन भएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८० सोमबार ००:००  ७ : ०० बजे