४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दाङमा तीन जनालाई चित्तलको मासुले फसायो



दाङ ।
दाङमा चित्तलको मासु बोक्ने तीन जना पक्राउ परेका छन् । चित्तलको १७ केजी मासुसहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा लमही-६ का ४५ वर्षीय नुरबहादुर कुमाल, गढवा-६ का ३० वर्षीय मनोज थापा मगर, गढवा-६ कै ३१ वर्षीय करण केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

उनले आइतबार बेलुकी साढे पाँच बजे घोराही-३ कुइरेपानीमा चेकजाँच गर्नेक्रममा जेब्रा झोलामा लुकाएको अवस्थामा चित्तलको मासु फेला परेको बताए । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय घोराही, दाङलाई बुझाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८० सोमबार ००:००  ११ : ५१ बजे