१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

हामी हुनुपर्ने जति इमान्दार भएनौँ ः माधव नेपाल



काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमा भएका अधिकार र व्यवस्था कार्यान्वयनमा लैजान नसकिएको बताएका छन् ।

मंगलबार पार्टी निकट अनेरास्ववियुले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पूर्व प्रधानमनत्री समेत रहेका नेपालले देशमा धेरै किसिमका समस्या रहेको बताए ।

‘देशमा धेरै समस्याहरू छन् । ती मध्ये पहिलो समस्या हामी सबै बन्नुपर्ने जति इमान्दार बनेका छैनौँ । देश बनाउने भावनाले ओतप्रोत छैनौ’, अध्यक्ष नेपालले भने, ‘हामीले आफूलाईमात्र केन्द्र विन्दुमा राख्ने गरेका छौँ, देश र जनतालाई केन्द्र विन्दुमा राखेका छैनौँ ।’

उनले देश र जनतालाई केन्द्र विन्दुमा राखेर अघि बढ्नुपर्ने भन्दै स्वतन्त्रता, स्वाधिनतामा ठेस लाग्ने काम भयो भने स्वीकार्य नहुने बताए । ‘जनतामा भेदभाव, अन्याय र अत्याचार भयो भने एकले अर्कालाई गरिव दलित विपन्न भनेर हेला गर्ने प्रवृत्ति रहेसम्म देशको प्रगति हुँदैन’, उनले भने, ‘धेरै ठुलो मेहनत गरेर जनतालाई थुप्रै अधिकार दिनेगरी संविधान बनाए पनि त्यो संविधान लागु गर्ने कुरामा कमी छ ।’

प्रकाशित मिति : १६ श्रावण २०८० मंगलबार ००:००  २ : ३१ बजे