१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आङ सान सुकीलाई ५ वटा मुद्दामा माफी, अझै २७ बर्ष कैद सजाय



एजेन्सी ।
म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पाँच वटा मुद्दामा माफी दिएको छ । विभिन्न मुद्दा लगाएर कैद ३३ वर्षको कैद सजाय तोकिएकोमा पाँच वटा मुद्दामा माफी दिएसँगै सुकीको कैद अवधि २७ वर्षमा झरेको बीबीसीले जनाएको छ ।

पछिल्लो केही समयदेखि सैन्य सरकार सुकीप्रति केही लचिलो बन्दै गएको छ । यही हप्ता एक जना विदेशी अधिकारी र देशका सभामुखलाई भेट्न दिएको सैन्य सरकारले सुकीलाई कारागारबाट विशिष्ट व्यक्तिको आवास क्षेत्रमा सारेको छ ।

यस्तै सैन्य सरकारले पूर्वराष्ट्रपति विन मिन्टलाई पनि दुई वटा मुद्दामा माफी दिँदै १२ वर्षको कैद सजाय आठ वर्षमा झारेको छ । यस्तै सैन्य ‘कु’ पछि भएको विद्रोहको क्रममा पक्राउ परेकामध्ये सात हजार आठ सय जना कैदीको सजायसमेत माफी भएको छ ।

म्यानमारको राजधानी नेपोडीमा स्थापना गरेको गौतम बुद्धको विशाल मूर्तिको अनावरण कार्यक्रममा सैन्य सरकारले कैद छुट तथा माफीको घोषणा गरेको हो ।

प्रकाशित मिति : १६ श्रावण २०८० मंगलबार ००:००  ३ : ०५ बजे