१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माने पनि पुगे साउदी अरेबिया



रियाद
साउदी क्लब अल नासरले मंगलबार बायर्न म्युनिखका स्ट्राइकर साडियो मानेलाई अनुबन्ध गरेको घोषणा गरेको छ । यससँगै मानेले अब पाँच पल्टका बेलन डे’अर विजेता क्रिस्टियानो रोनाल्डोसँग एउटै टिममा खेल्नेछन् ।

दुई पल्टका अफ्रिकी फुटबल वर्ष खेलाडी साउदी अरेबियाको प्रो–लिगमा खेल्ने अर्को ठूलो नाम भएका छन् । अल नासरका अनुसार लिभरपुलका पूर्व खेलाडीका लागि उनीहरूले तीन करोड युरो तिरेको छ ।

माने र नारसबीचको अनुबन्ध तीन वर्षका लागि हुनेछ । उनको वार्षिक पारिश्रमिक चार करोड युरो हुनेछ र राम्रो खेल्न सके थप एक करोड युरो बोनस पाउने छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८० बुधबार ००:००  ८ : ०९ बजे