१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इटालीका पूर्व गोलरक्षक जियानलुइगी बुफोनको लिए सन्यास



एजेन्सी ।
इटालीका पूर्व गोलरक्षक तथा विश्वकप विजेता जियानलुइगी बुफोनले ४५ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् सन्यासको घोषणा गरेका हुन् ।

२८ वर्षको व्यावसायिक खेल अवधिमा उनले सन् २००६ देखि युभेन्ट्सबाट १० सिरी ए र पेरिस सेन्ट–जर्मेइनबाट एक लिग वान उपाधि जितेका छन् ।

बुफोनले सन् १९९५ मा पर्माबाट व्यावसायिक खेल करिअर शुरु गरेका थिए । सन् २०१८ को विश्व कपमा छनोट हुन नसकेपछि बुफोनले त्यसबेला नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए ।

सन् २००६ मा भएको विश्व कपमा फ्रान्सलाई टाइब्रेकरमा हराएर इटालीले उपाधि जित्दा उनी टोलीका सदस्य थिए । निर्धारित समयमा एकरएक गोलको बराबरीपछि टाइब्रेकरमा इटाली ५–३ गोलले विजयी भएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८० बिहिबार ००:००  ७ : ५४ बजे