१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गर्जेनीको पहिरोले प्युठानमा यात्रा सकस



प्युठान ।
भालुबाङ-प्युठान सडक खण्डको गर्जेनीमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ ।

अप्ठ्यारो ठाउँ भएकाले पैदल हिँड्न समेत मुस्किल छ । भालुवाङ-प्युठान तथा रोल्पाको एक मात्र सडक खण्डमा यसरी पहिरो खसेपछि आवतजावत गर्न समेत समस्या भएको छ ।

तल माडी नदी र माथि भिर भएको ठाउँमा हिँड्ने समेत बाटो नभएका कारण यात्रुलाई सकस भएको हो ।

बाटो अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको पत्रकार वासुदेव गिरीले बताए । बुधबार राति ठूला ढुङ्गा सहितको पहिरो खसेपछि मान्छे हिँड्ने बाटो समेत नभएको उनले बताए ।

जिल्ला ट्राफिक कार्यालय देविस्थानका प्रहरी नायव निरीक्षक चन्द्रबहादुर केसीका अनुसार ३र४ वटा एक्साभेटर मार्फत पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८० बिहिबार ००:००  ४ : २४ बजे