२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

पाल्पामा गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जना घाइते



पाल्पा ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा आज (सोमबार) बिहान गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको जिपलाई ढुङ्गा च्याप्दा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा तानसेन नगरपालिका–१४, अर्गलीका ४० वर्षीय दिलीप न्यौपाने, सुद्धोधन गाउँपालिका रुपन्देहीका चालक ३२ वर्ष विवेक कार्की र नवलपुर त्रिवेणीका २४ वर्षीय चन्दन कार्की रहेको प्रहरीले जनाएको छ ।

घाइते तीन जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।

केही समय अवरुद्ध भएको राजमार्ग ढुंगा फालेर एकतर्फी खुलाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८० सोमबार ००:००  ८ : ३६ बजे