२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

व्यापार संघ कपिलवस्तुले शिवराजका मेयरलाई दियो ज्ञापनपत्र



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक भार थुपारेको भन्दै व्यापार संघ कपिलवस्तुले विरोध जनाएको छ ।

शिवराज नगरपालिकाले चालू आर्थिक २०८०/०८१ मा व्यावसायिक कर, घर बहाल कर, सिफारिस दस्तुर कर लगायतका शिर्षकको राजस्व दस्तुरमा वृद्धि गरेको भन्दै संघले विरोध जनाएको हो ।

राजस्व जस्तो गम्भीर विषयमा स्थानीय संघ संस्था, उद्योग व्यवसायी, व्यापारीहरुसँग अन्तरक्रिया गरी राजश्वमा सुधार गर्नको माग राख्दै संघका अध्यक्ष महादेव पोखरेल लगायतको टोलीले नगर प्रमुख अजय थापालाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख थापाले करको विषयमा यहाँका व्यापारी, उद्योगीहरुसँग आवश्यक परामर्श गरेर अगाडि बढ्ने आश्वासन दिएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८० बिहिबार ००:००  ८ : ४३ बजे