४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

भारतले भन्यो– ‘नेपालबाट टमाटर आयात गरेर भाउ घटाउँदैछौँ’



काठमाडौँ ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले टमाटरको बढ्दो मूल्य कम गर्न नेपालबाट आयात गर्न थालेको बताउनुभएको छ ।

भारतीय संसदमा आज बिहीवार टमाटरको अभाव र मूल्यबारे जवाफ दिँदै अर्थमन्त्री सीतारमणले नेपालबाट टमाटर आयात गर्न थालेको बताउनुभएको हो ।

उत्तरी भारतका वाराणसी, लखनउ र कानपुर शहरहरूमा टमाटरको अभाव हुनुका साथै भाउ प्रतिकिलो दुई सय ५० भारुसम्म पुगेको छ । भोलिसम्म शुक्रवारसम्ममा यी राज्यहरूमा टमाटर पुग्ने उहाँले बताउनुभयो ।

खराब वर्षा, उच्च तापक्रम र बालीमा भाइरसको प्रकोपलगायतका कारण भारतमा टमाटर उत्पादनमा व्यापक कमी आएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८० बिहिबार ००:००  ९ : ५७ बजे