१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा करेन्ट लागेर ६ बर्षीया बालिकाको ज्यान गयो



कपिलवस्तु
कपिलवस्तुमा करेन्टबाट ६ बर्षीया बालिकाको ज्यान गएको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नं. २ जर्लैयाकी ६ बर्षीया साहिना खातुनको करेन्ट लागेर ज्यान गएको हो ।

आफ्नै घरको पानी तान्ने मोटरमा नुहाउनेक्रममा करेन्ट लाग्दा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गशेणपुरका अनुसार करेन्ट लागेकी नातिनीलाई बचाउन खोज्दा हजुरआमा अन्जुम भाँटसमेत घाइते भएकी छिन् । उनको अवस्था सामान्य रहेको गशेणपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८० शुक्रबार ००:००  ६ : २४ बजे