१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आँखा पाक्नेलाई जहाजमा कडाइ



काठमाडौं ।
आँखा पाक्ने समस्या देशैभर फैलिएको छ । यसको असर अन्तर्राष्ट्रिय उडानमा पनि पर्न थालेको छ। विमान कम्पनीले यात्रुसँग आँखाको परीक्षण प्रतिवेदन खोज्न थालेका छन् तर त्यसको मापदण्ड तय भइसकेको छैन ।

आँखा पाक्ने समस्या देशव्यापी बन्दा प्रमुख आँखा अस्पतालमा ७० प्रतिशतभन्दा बढी बिरामी आँखा पाक्ने समस्याले आउने गरेका छन्। तीमध्ये ५० प्रतिनात १५ वर्षमुनिका छन् ।

काठमाडौँ उपत्यकामा यो समस्या केहो कम देखिए पनि उपत्यकाबाहिर भने ७० प्रतिशतमा आँखा पाक्ने समस्या रहेको खबर गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८० आइतबार ००:००  ७ : ४६ बजे