१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वेस्टइन्डिज ८ विकेटले विजयी हुँदा भारत पराजित



काठमाडौँ ।
भारतसँगको पाँचौँ तथा निर्णायक खेलमा घरेलु टोली वेस्टइन्डिज ८ विकेटले विजयी भएको छ । जितसँगै वेस्टइन्डिजले पाँच खेलको शृङ्खला ३–२ ले जितेको छ ।

जितका लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १८ ओभरमा २ विकेटको क्षतिमा १७१ रन बनाएर भेट्टायो । वेस्टइन्डिजका ब्रेन्डन किङ्गले सर्वाधिक ८५ रनको अर्धशतकीय पारी खेले । यस्तै, निकोलस पुरनले ४७, शाई होपले २२ र कायल मेयर्सले १० रन बनाए ।

भारतका अर्शदीप सिंह र तिलक बर्माले एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, तिलक बर्माले २७, हार्दिक पाण्डेले १४ तथा अक्षर पटेल र सन्जु स्यामसनले १३/१३ रन बनाए । वेस्टइण्डिजका लागि रोमारियो शेफर्डले चार विकेट लिए भने अकेल हुसैन र जसोन होल्डरले दुईरदुई विकेट लिए । रोस्टन चेसले एक विकेट लिए ।

प्रकाशित मिति : २९ श्रावण २०८० सोमबार ००:००  ९ : २४ बजे