२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

नेपाली गोलभेँडा भारतमा निर्यात हुन थाल्यो



काठमाडौँ ।
कृषि मन्त्रालयले नेपालमा उत्पादन भएको गोलभेँडा भारतमा निर्यात हुन थालेको जनाएको छ । साउन २८ गते सम्ममा काँकडभित्ता र भैरहवा नाकाबाट गरी करिब ३० मेट्रिक टन गोलभेँडा निर्यात भएको छ ।

गोलभेँडा, हरियो मटरकोसा, हरियो खुर्सानीलगायत तरकारी बालीलाई भारतको प्लान्ट क्वारेन्टाइन अर्डर सूचीमा समावेश गरी निकासलाई सहजीकरण गर्न नेपालबाट पटक पटक अनुरोध गर्दै आएको थियो ।

भारतले सर्तसहित निश्चित समयलाई आयात खुला गरेको भन्ने जानकारीअनुसार भारत निकासी हुन सुरु भएको मन्त्रालयले जनाएको छ । यसलाई निरन्तरता दिन थप पहल हुन सकेमा व्यापार घाटा कम हुने तथा बजार विस्तार भई कृषकले समेत राम्रो मूल्य पाउने सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८० मंगलबार ००:००  ९ : ३६ बजे