१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल प्रहरीका ४८ एसपीहरुको सरुवा, कपिलवस्तु प्रहरी प्रमुखमा नवरत्‍न पौडेल



मायादेवी अनलाइन, कपिलवस्तु ।

नेपाल प्रहरी प्रधान कार्यालयले आज ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आइजिपि ) बसन्‍तबहादुर कुँवरले आज सरुवाको निर्णय गरेका हुन् ।

यसै सरुवामा कपिलवस्तुको प्रहरी प्रमुखको नेतृत्व पनि परिवर्तन भएको छ । अब कपिलवस्तु प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न एसपी नवरत्‍न पौडेल आउने भएका छन् ।

उनी यस अघि लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखामा कार्यरत थिए । उनी प्रहरी नायव उपरीक्षक छँदा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको नेतृत्व समेत कुशलतापूर्वक सम्हालिसकेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८० शनिबार ००:००  ११ : ०८ बजे