१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पाल्पामा जिप पल्टिँदा ६ जना घाइते



पाल्पा ।
पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

जिल्लाको तानसेन नगरपालिका( १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जिप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका अर्गली प्रहरी चौकीका प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिए ।

घाइते सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।

गत भदौ १३ गते पाल्पाको जोर्तेमा गुडिरहेको जिपमा एक्कासी ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८० शनिबार ००:००  २ : ५७ बजे