११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

धर्मनिरपेक्षताको नाममा हिन्दुमाथि अपमान गरिएको छः राजेन्द्र लिङ्देन



बुटवल ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्मनिरपेक्षताको नाममा हिन्दु समुदायलाई अपमानित गर्ने काम भएको बताएका छन् ।

शनिबार बुटवलमा आयोजित शान्ति र्‍यालीलाई सम्बोधन गर्दै उनले नेपालमा ८१ प्रतिशत हिन्दु, ९ प्रतिशत बौद्ध र ३ प्रतिशत किंरात धर्ममा विश्वास राख्नेहरु रहेकाले हिन्दु राष्ट्र बनाउँदा कसैमाथि अन्याय नहुने बताए ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा हिन्दु राष्ट्र हुंदा छुट्टैै परिचय भएको र कुनै धार्मिक विभाजन नदेखिएको दाबी गरे । नेपालमा राजनीतिक परिवर्तनको बेला धर्म निरपेक्षताको कुरा नउठेको पनि मिश्रले बताए ।

बुटवलको राजमार्ग चौराहबाट निस्केको र्‍यालीमा सहभागीहरु मिलनचोक, बसपार्क, अस्पताललाइन हुँदै ट्राफिक चोकसम्म पुगेपछि त्यहाँ कोणासभा गरिएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८० शनिबार ००:००  ३ : ०४ बजे