१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कृषि तथा पशुपन्छी पेशाकर्मी एसोसिएसन नेपालको अध्यक्षमा क्षेत्री, महासचिवमा बुढा



काठमाडौँ ।
कृषि तथा पशुपन्छी विकास तर्फ संलग्न पेशाकर्मीहरुले कृषि तथा पशुपन्छी पेशाकर्मी एसोसिएसन नेपालको घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रम मार्फत यो संगठनको घोषणा गरिएको हो ।

प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लागि डा. बेद बहादुर क्षेत्री अध्यक्ष रहेको ६० सदस्यीय समितिको घोषणा गरिएको नवनियुक्त महासचिव पूर्ण बहादुर बुढाले जानकारी दिए ।

संगठनको उपाध्यक्षमा डा. कृष्ण कुमार मिश्र, डा. लक्ष्मण घिमिरे, लव कुमार शर्मा, डाकुर नाथ पराजुली, कृष्ण बहादुर विक, देवेश देवकोटा, राम अवतार महतो, सूर्य बहादुर कुँवर, महिला उपाध्यक्षमा गौरी देवी थापा, महासचिवमा पूर्ण बहादुर बुढा, उप-महासचिवमा उत्कल सापकोटा, रिता सिग्देल, भवानी बस्नेत, सचिवमा शान्तीराम भट्टराई, कुमार अधिकारी, टिका काफुले, सुमन अधिकारी, रुपक दाहाल, कोषाध्यक्षमा ललित जंग गुरुङ, सह कोषाध्यक्षमा चन्दा जोशी लगायतका पदाधिकारी चयन भएका छन् ।

यो आयोजक समितिले प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएको छ । संगठनको राष्ट्रिय भेलालाई कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८० सोमबार ००:००  १ : ५९ बजे