११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

एमालेको लुम्बिनीमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी



काठमाडौँ ।
नेकपा एमालेको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । अघि बिहानदेखि मतदान शुरु भएको हो ।

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ । पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका र प्युठानका रिजाल महासचिव शंकर पोखरेल समूहका मानिनुहुन्छ । कँडेल प्रदेश कमिटीको वर्तमान अध्यक्ष र रिजाल केन्द्रीय सदस्य हुनुहुन्छ । सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध भइसक्नु भएको छ ।

सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा चुनाव हुन लागेको हो । चुनावले ५ पदाधिकारीसहित २०५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिए पनि चुनावी प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लाग्ने भएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चलिरहेको एमालेको लुम्बिनी प्रदेश अधिवेशनका लागि १२ वटै जिल्ला र विभिन्न २३ वटा जनसङ्गठनहरुबाट छानिएका गरी १ हजार ४ प्रतिनिधिहरु सहभागी छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८० मंगलबार ००:००  १० : १५ बजे