१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कंडेललाई दुई मतको जित



बुटवल ।
बुटवलमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कंडेल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

बर्तमान अध्यक्ष समेत रहेका कंडेलले पार्टीका केन्द्रीय सदस्य समेत रहेका प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै जित हासिल गर्नुभएको हो । कुल खसेको ९६५ मत मध्ये कंडेलले ४७९ मत प्राप्त गर्नुभएको थियो भने रिजालले ४७७ मत ल्याउनुभयो ।

प्रिदेश समितिको उपाध्यक्ष पदमा कंडेल समुहका भोज प्रसाद श्रेष्ठले ४५५ मत पाएर विजयी हुनुभयो । भने उहाँका निकटतम प्रतिद्धन्द्धी रिजाल समुहका बिश्वराज बराल अनुपले ३०६ मत प्राप्त गर्नुभयो ।

दुई उपसचिव पदमा रिजाल समुहका रोल्पाका पुर्ण बुढा मगरले ४१८ मत पाएर बिजयी हुनुभयो भने भने उहाँका प्रतिद्धन्द्धी बांकेका दुर्गा प्रसाद थारुले ३९३ मत ल्याउनुभयो । त्यसैगरी महिला उपसचिवमा कंडेल समुहकै बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर विजयी हुनुभयो भने रिजाल समुहकी बांकेकी बसन्ती अधिकारीले ३५१ मत ल्याउनुभयो ।

सचिव पदमा कंडेलकै समुहका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै लेखा समितिको अध्यक्षमा दामोदर घिमिरे निर्वाचित हुनुभएको छ ।

१६ गतेदेखि बुटवलमा सुरु भएको एमाले लुम्विनीको प्रथम अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मंगलबार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०८० बुधबार ००:००  ६ : ३९ बजे