१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुको शुद्धोधन- ४ ले थाल्यो छाडा चौपाया व्यवस्थापनको पहल



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ४ ले छाडा चौपाया व्यवस्थापनको पहल थालेको छ । छाडा चौपायाले सताइरहेको बेला वडा नं. ४ ले बासस्थानको प्रबन्ध मिलाई व्यवस्थापन मिलाइएको हो ।

वडा नं. ४ मा छाडा चौपाया व्यवस्थापन थालेको प्रति गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले आभार व्यक्त गरेका छन् ।

उनले अहोरात्र घटेर छाडा चौपाया व्यवस्थापन गरेको भन्दै वडा नं. ४ का वड़ाध्यक्ष नरेश यादव, प्रीतम पाण्डेय, शिवपूजन भुज लगायतलाई धन्यवाद दिएका हुन् ।

प्रकाशित मिति : २० भाद्र २०८० बुधबार ००:००  ८ : ०३ बजे