१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले लुम्बिनी प्रदेश कमिटीमा कपिलवस्तुबाट २२ जना को को परे ?



मायादेवी अनलाइन, बाणगंगा ।

नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले राधाकृष्ण कँडेलको अध्यक्षता २ सय ५ सदस्यीय प्रदेश कमिटि चयन गरेको छ । मुलुकमा संघीयता आएको ८ वर्षपछि एमालेले पहिलो पटक अधिवेशन मार्फत निर्वाचन र सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सफल भएको हो ।

भदौ १६–१७, बुटवलमा आयोजित एमाले लुम्बिनीको प्रथम अधिवेशनमा निर्वाचन भएपछि प्रदेश कमिटिमा कोही आउन सके त कोही वाहिरिए । कतिपय प्रतिनिधीहरु सर्वसम्मतबाट प्रदेश कमिटिमा आएपनि कपिलवस्तुका पुराना नेताहरु भने निर्वाचनबाट पराजित भएका छन् ।

प्रदेश कमिटिको खुला सदस्य तर्फको निर्वाचनमा १० सिट मध्ये ३७ जनाको उम्मेदवारी परेको थियो । जसमा कपिलवस्तुबाट ३ जना खुला तर्फ निर्वाचन लडेका मध्ये अर्जुन कुमार केसी निर्वाचित भएका छन् । उनले ३ सय ३३ मत ल्याएर प्रदेश कमिटि सदस्यमा निर्वाचित भएका हुन् । पुराना नेता कृष्ण प्रसाद पौडेल र टेकराज पौडेल भने पराजित भए ।

त्यस्तैगरी अपांगता कोटा तर्फ सावित्रा घिमिरे (रुपन्देही) र मित्रलाल शर्मा बीच चुनावी प्रतिस्पर्धा भएको थियो । सो पदमा सावित्रा घिमिरेले ६ सय २० मत ल्याएर निर्वाचित भएकी हुन् ।

सर्वसम्मत तर्फ भुगोलमा कपिलवस्तुका लागि २१ जना निर्विरोध निर्वाचित भएका छन् । खुला ७, महिला ७, अन्य समावेशी ७ गरी २१ जना प्रदेश कमिटिको सदस्यमा निर्वाचित भएका हुन् । खुला तर्फ खुम आचार्य, चक्रपाणी अर्याल, दृघ नारायण पाण्डे, दोर्णराज सुवेदी, धर्म बहादुरलाल श्रीवास्तव, धर्मराज भुसाल र नेत्रराज अधिकारी रहेका छन् ।

त्यस्तै महिलातर्फ चन्द्रकला भट्टराई, धनकुमारी अधिकारी, पूर्णकला सुनार, विमला चौधरी, लक्ष्मी सारु मगर, शान्तिदेवी हरिजन र शारदा शर्मा चयन भएका हुन् ।

दलिततर्फ लाल बहादुर सुनार, युवा डिवि आचार्य, मुस्लिम मेराज खाँन, आदिवासी जनजाती गोपाल बहादुर थापा मगर, थारु जंजिर प्रसाद चौधरी, शिवकुमारी चौधरी र मधेशी तर्फ जगदिश प्रसाद कशौधन रहेका छन् ।

एमालेको २ सय ५ सदस्यीय लुम्बिनी प्रदेश कमिटीमा कपिलवस्तुबाट २२ जना नेताहरु समेटिएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८० बिहिबार ००:००  २ : १४ बजे