१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जगदिशपुर होमस्टेमा डिग्निटी डिफेन्डर कार्यशाला शुरु



वाणगंगा, मायादेवी अनलाइन ।

युवाहरुका लागि कपिलवस्तुको जगदिशपुर जलाशय थारु होमस्टेमा ३ दिने कार्यशाला आजदेखि शुरु भएको छ । कपिलवस्तु र दाङ्ग जिल्लाका युवाक्लवमा आवद्ध ३० जना युवाहरुका लागि डिग्निटी डिफेन्डर कार्यशाला शुरु भएको हो ।

Dalit Lives Matter को आयोजना, सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वय र आईएम स्वीडिस डेभलपमेण्ट पार्टनरको सहकार्यमा जगदिशपुर जलाशय थारु होमस्टेमा कार्यशाला शुरु भएको रुपान्तरण कार्यक्रमकी संयोजक धनेश्वरी घर्तीले जानकारी दिनुभयो ।

कार्यशालामा जातीय तथा अन्य छुवाछुत र भेदभाव, लैङ्गिकता, दलितका सवाल, मानव अधिकार, कानुनी प्रावधान, नेपालको संविधान, समानता, वकालत, अभियानबारे कार्यशालामा छलफल हुने बताइएको छ ।

कार्यक्रमको उद्घाटन शत्रमा सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष तिलोचन घिमिरेले समाज रुपान्तरणका लागि पहिले आफुबाटै परिवर्तनको शूरुवात गर्नुपर्ने बताउनुभयो ।

कार्यशालामा Dalit Lives Matter संस्थाका अध्यक्ष प्रदिप परियार, अभियान्ता शैली चौधरी, अधिवक्ता निशा न्यौपानेले सहजीकरण गर्नुहुनेछ । सोही अवसरमा विषय विज्ञहरुको पनि शेसनहरु रहेको आयोजकले जनाएको छ । संस्थाले जातीय छुवाछुत र भेदभाव विरुद्ध पैरवी र सशक्तिकरण गर्दै न्याय र आत्मसम्मान जीवनका लागि सामाजिक रुपान्तरणको अभियानहरु संचालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८० शुक्रबार ००:००  ८ : २६ बजे