१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जी–२० सम्मेलनः विश्व नेताहरू संयुक्त घोषणापत्रका लागि सहमत



काठमाडौँ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० देशका नेताहरू संयुक्त घोषणापत्रप्रति सहमत भएको जानकारी दिनुभएको छ । आजको सम्मेलनपछि प्रधानमन्त्री मोदीले ‘नयाँ दिल्ली–जी–२० लिडर्स घोषणापत्र’ मा सहमति जुटेको जानकारी गराउनुभएको बीबीसीले जनाएको छ ।

जी–२० सम्मेलनका लागि भेला भएका विश्वका नेताहरूबीच सबैभन्दा ठूलो मतभेद युक्रेनमाथिको रुसी आक्रमणलाई लिएर थियो । शिखर सम्मेलनमा विश्वका दुई सर्वाधिक शक्तिशाली देशहरु रुस र चीनका सरकार प्रमुख अनुपस्थित छन् । चीनले रुस–युक्रेन युद्धको विरोध गरेको छैन ।

जी–२० देशहरुको विश्वको अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच हुने व्यापार कुल व्यापा मध्येको ७५ प्रतिशत हो । विश्वको कुल जनसंख्या मध्ये दुई तिहाइ मानिसहरू ती देशमा बस्छन् । १९ वटा देश र युरोपेली संघ गरी २० सदस्यीय रहेको जी–२० मा आज अफ्रिकी संघसमेत समूहको स्थायी सदस्यका रूपमा सहभागी भएको छ ।

अब जी–ट्वान्टीमा १९ देश र दुई महासंघ सदस्य बनेका छन् । शिखर सम्मेलनको शुरुमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो पुस्ताले विश्व अर्थतन्त्रको उथलपुथल, उत्तर–दक्षिण र पूर्व–पश्चिम बीचको भिन्नता, खाद्यान्न संकट, मल संकट जस्ता चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २३ भाद्र २०८० शनिबार ००:००  ७ : ४६ बजे