१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

खोजमुलक र विश्वसनीय पत्रकारिता पहिलो प्राथमिकता : सचिव आचार्य



मायादेवी अनलाइन, बाणगंगा ।
प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्यले पत्रकारिता क्षेत्रलाई मजबुत बनाउन प्रेस चौतारीमा आवद्ध सदस्यहरुले कलम चलाउन आवश्यक रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कपिलवस्तुले बैरियामा शनिबार आयोजना गरेको विस्तारित वैठक तथा तीज शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै आचार्यले यस्तो बताएका हुन् । यतिबेला समाजलाई खोजमूलक पत्रकारिता जरुरी रहेकोले यसको विश्वसनीयता बनाउन चौतारीले प्राथमिकतामा राख्नुपर्नेमा उनले जोडदिए ।

वैठकको प्रमुख अतिथी समेत रहेका आचार्यले संगठनलाई बलियो बनाउन प्रदेशमा विशेष कार्यक्रम बनाइएको बताए । चौतारी सुदृढ भए पार्टी पनि मजवुत हुने जीकिर गर्दै चौतारीमा आवद्ध सदस्यहरुको विधागत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यक भएको बताएका छन् । उनले आर्थिक गतिविधी राम्रो बनाउन पनि संगठन सकृय हुनुपर्नेमा जोडदिए ।

लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहेका केन्द्रीय सचिव आचार्यले विभिन्न पेशागत संगठनहरुले घेराबन्दीमा राखेर प्रहार गरेको स्मरण गर्दै सचेत भएर अघि बढ्न जरुरी रहेको उनले उल्लेख गरे । समुदायमा भए गरेका हरेक गतिविधी सत्यतथ्य गरि समाजलाई सकारात्मक परिवर्तन हुनेगरी सूचना, समाचार सम्प्रेसण गर्नुपर्ने आचार्यले बताए ।

केहि समययता पत्रकारिता क्षेत्रमा विश्वासनियता घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै आम नागरिकको विश्वास बढाउन चौतारीले ठोस योजनासहित अगाडी सर्न सबैको सहकार्य आवश्यक रहेको जिकिर समेत आचार्यले गरे ।

बैठकमा नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले पत्रकार भएर गलत कार्य गर्न कसैलाई पनि छुट नहुने बताए । पत्रकारिताको सत्यतामा टेकेरमा मात्र कलम चलाउनुपर्ने र खवरदारी गर्नुपर्नेमा जोड दिए । पेशागत संगठनमा विगतमा भएका कमी कमजोरीलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको उनको भनाई छ । अध्यक्ष शर्माले पत्रकारले पेशागत संगठन बाहेक अन्य राजनैतिक दलमा आबद्ध हुँदा सामाजिक इस्सू उठान गर्न नसक्नु पत्रकारिता जगतको भूल रहेको औँल्याए ।

नव नियुक्त चौतारीका कपिलवस्तु ईन्चार्ज टिआर शर्माले पत्रकारको पेशागत सुरक्षा र हकहितमा काम गरेर पत्रकारिता जोगाईराख्न संगठन लाग्नुपर्ने बताए । जिल्ला इन्चार्ज शर्मालाई शाखाले स्वागत तथा सम्मान गरेको थियो । कार्यक्रममा प्रेस चौतारी प्रदेश सह इन्चार्ज पार्वती पाण्डे, प्रचार विभाग प्रमुख लक्ष्मण वेल्वासे, चौतारीका लुम्बिनी प्रदेश सचिव हरि अधिकारी, सदस्य शरद अधिकारी, कमल बिष्ट, पार्वती आचार्य, पूर्व अध्यक्ष भेषराज पाण्डे, कपिलवस्तु अध्यक्ष जानु पाण्डे, उपाध्यक्ष बाबुराम रायमाझी, सचिव संजीव गहतराज लगायतले विगतका गतिविधीबारे समिक्षा गर्दै कार्यक्रमलाई सम्बोधन गरेका थिए । बैठकले सोहि अवसरमा विभिन्न निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८० आइतबार ००:००  ६ : ५१ बजे