१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बर्दियाको ठाकुरबाबा नगरपालिकामा आज शोक बिदा



बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाले आज शोक बिदा दिएको छ ।

भ्रमणबाट फर्किँदै गरेको बस अस्ति बेलुका बाँकेको शमशेरगञ्ज नजिक दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिकाका ६ जनासहित ७ जनाको ज्यान गएको शोकमा नगरपालिकाले आज शोक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

बस दुर्घटनामा ठाकुरबाबा नगरपालिकाको ९ नम्बर वडाका ५ र ७ नम्बर वडाका १ जनासहित ७ जनाको ज्यान गएको थियो ।

ठाकुरबाबा नगरपालिका–९ को बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा बाँकेको शमशेरगञ्ज नजिक दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८० आइतबार ००:००  ११ : ३२ बजे