११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

कृषि मन्त्री भुसाल र इजिप्टकी राजदूत बीच शिष्टचार भेट



काठमाडौँ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबाली बीच भेटघाट भएको छ ।

सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत एल्गेबाली बीच शिष्टचार भेटघाट भएको हो ।

भेटमा मन्त्री भुसालले नेपालको उच्च गुणस्तरको चिया, कफी, अलैची जस्ता उपजहरु इजिप्टका जनतासामु पु¥याउन इच्छुक रहेको बताए । नेपालको कृषि क्षेत्रमा इजिप्टको सहयोग हुने मन्त्री भुसालले आशा व्यक्त गरे ।

रासायनिक मलको उपलब्धतामा सहजिकरण गर्न सकिने बताएका मन्त्री भुसालले नेपालको कृषि प्राविधिकहरुलाई भविष्यमा विभिन्न प्राविधिक विषयमा तालिम तथा अध्ययनको अवसर उपलब्ध गराउन आग्रह गरे ।

भेटमा राजदूत एल्गेबालीले नेपालसँग आफ्नो देशले व्यापारिक साझेदारी गर्न चाहेको बताइन् । साथै नेपालको माग भएमा रासायनिक मल दिन सक्ने जनाइन् । आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा सहयोग आदानप्रदान गर्दै जानुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : २५ भाद्र २०८० सोमबार ००:००  ३ : ३९ बजे