१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लिबियामा ‘विनाशकारी’ आँधी र बाढीका कारण कम्तीमा २ हजार जनाको ज्यान गयो, हजारौँ बेपत्ता



एजेन्सी ।
लिबियामा विनाशकारी आँधी र बाढीका कारण कम्तीमा दुई हजार जनाको ज्यान गएको छ । पूर्वी लिबिया सरकारका नेताले दुई हजारभन्दा बढी मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको बताएका बीबीसीले जनाएको छ ।

लिबिया मामिलाका विज्ञ जलेलले बीबीसीलाई बताएअनुसार ज्यान गुमाउनेको सङ्ख्या हजारौँ पुग्न सक्छ । गएको आइतवार ड्यानियल आँधीका कारण सङ्कट उत्पन्न भएको हो ।

आँधीलाई ध्यानमा राख्दै पूर्वी लिबियामा कर्फ्यु जारी भएको छ भने विद्यालय र पसलहरू बन्द गर्न आदेश दिइएको खबरमा उल्लेख छ । डेरनाका दुई वटा बाँध पनि भत्किएको र त्यस क्षेत्रमा झन्डै १० हजार जना मानिस बस्ने अनुमान छ । डेरनाको पूरै क्षेत्र बगेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८० मंगलबार ००:००  २ : ५९ बजे