११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

लायन्सको दोश्रो संस्करण ‘साइकल प्लाङक व्यालेन्स’ प्रतियोगिता हुँदै



मायादेवी अनलाइन, बाणगंगा

लायन्स कपिलवस्तुले साइकल प्लाङक ब्यालेन्स प्रतियोगिताको दोश्रो संस्करण आयोजना गर्ने भएको छ । पानी माथी ट्रयाक बनाएर खेलिने खेल ‘साइकल प्लाङक व्यालेन्स’ प्रतियोगिता आउदो असोज २७ गते आयोजना गर्ने लायन्स क्लवका अध्यक्ष ओम प्रकाश घिमिरेले जानकारी दिएका छन् ।

गतवर्ष लायन्स अफ कपिलवस्तुले पहिलो पटक वाणगंगा ३ राजापानीमा सफलतापूर्वक उक्त प्रतियोगिता सम्पन्न गरेको थियो । कपिलवस्तुको वाणगंगा नगरपालिकाको ऐतिहासिक पर्यटकिय स्थल राजापानीमा आयोजना गरिने आयोजकले जनाएका छन् ।

पोखरीमा ट्रयाक बनाएर खेलिने उक्त प्रतियोगिता सुरक्षित र सहज हुने बताइएको छ । प्रतियोगिताको लागि तयार गरिने पोखरीको पानीको सतह ४ फिट मात्र हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि अब चाडै नै रजिष्ट्रेशन खुलाउने क्लवका सचिव राम प्रसाद भुसालले बताए ।

प्रतियोगिताको लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनुमति प्रदान गरिसकेको छ भने कार्यक्रम स्थल राजापानी सामुदायिक बनका पदाधिकारीसँग पनि पोखरी व्यवस्थापन लगाएतका लागि समन्वय भएको मिडिया संयोजक नवराज बेल्वासेले जानकारी दिए ।

सहभागी हुने प्रतियोगीहरुलाई साइकल, लाइफ ज्याकेट र हेलमेटको ब्यवस्थापन आयोजक आफैले व्यवस्थापन गर्ने जनाएको छ । प्रतियोगितामा प्रतिस्पर्धी सहभागीको लागि सुरक्षाका लागि शसस्त्र प्रहरी प्रत्यक्ष, नेपाल प्रहरी संलग्न हुनेछन् । कार्यक्रम स्थलमा एम्बुलेन्सको व्यवस्था समेत गरिने जनाएको छ । प्रतियोगिताका विजेताहरुलार्ई नगद, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिने क्लवले जनाएको छ ।

‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको पहिलो संस्करको उपाधी सुशान्त थापाले जितेका थिए । एक सय ५० प्रतियोगी बीच भएको खेलमा उनले १२.३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रथम भएका थापाले ५० हजार नगद पुरस्कार जितेका थिए।

प्रकाशित मिति : २७ भाद्र २०८० बुधबार ००:००  १२ : ३४ बजे