१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य



काठमाडौँ ।
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गर्नुभएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गर्नुभएकाले प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेश सभा सदस्यको जानकारीका लागि प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २७ भाद्र २०८० बुधबार ००:००  १२ : ४१ बजे