१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शितगंगा- १३ को स्वास्थ्य चौकीमा स्थानीयले लगाए ताला



मायादेवी अनलाइन, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा १३ को स्वास्थ्य चौकीमा तालाबन्दी भएको छ । सिमलपानीमा रहेको स्वास्थ्य चौकीमा स्थानीयबासीले तालाबन्दी गरेका हुन् ।

हाल सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीको सेवा बन्द गरी निर्माणाधिन स्वास्थ्य चौकीबाट सेवा सञ्चालन गर्न खोजेपछि स्थानीयबासी आक्रोशित भएका छन् ।

सिमलपानीमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शितगंगा नगरपालिकाको लगानीमा स्वास्थ्य चौकी भवन निर्माणाधिन छ ।

स्वास्थ्य चौकीको निर्माण नहुँदै वडा नं. १३ का वडाध्यक्ष दुर्गा बहादुर जिसीले आफूखुसी ढंगले स्वास्थ्य चौकीको सेवा स्थानान्तरण गरेको भन्दै स्थानीयबासीले तालबान्दी गरेका हुन् ।

भवन सम्पन्न भइ नसकेको अवस्थामा वडाध्यक्ष जिसी रस्वास्थ्य चौकी प्रमुख रामप्रसाद खनालको हँचुवाको भरमा प्रशासनिक भवन स्थानान्तरण गरेको प्रति स्थानीयको आपत्ति रहेको स्थानीय नेता डुकलाल बिसीले बताए ।

स्थानीयबासीले आक्रोशित हुँदै स्वास्थ्य चौकीमा ताला लगाएको उनले बताए ।

स्वास्थ्य चौकीको सम्पूर्ण काम पुरा भएपछि मात्र नयाँ भवनबाट सेवा चलाउनुपर्नेमा स्थानीयको जोड छ ।

नगरपालिकाले स्वास्थ्य चौकी निर्माण भइसकेपछि समितिलाई हस्तान्तरण गर्नुपर्ने र सर्वपक्षिय सहमति गरेर मात्र सेवा सुचारु गर्नुपर्ने स्थानीयको माग रहेको हुम बहादुर जिसीले बताए ।

वडा अध्यक्ष जिसीले हचुवाको भरमा बजेट विनियोजन गर्ने, अपारदर्शीता देखाउने र आसेपासेलाई बजेट पोस्न दिने जस्ता कार्यहरु गरिरहेको पनि स्थानीयबासीले आरोप लगाएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८० बुधबार ००:००  १ : ४६ बजे