११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

एकीकृत समाजवादी लुम्बिनीको इन्चार्जमा हरि पराजुली



काठमाडौं ।
एकीकृत समाजवादीले हरि पराजुलीलाई सचिव मनोनित गरेको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा स्थायी कमिटी सदस्य रहेका पराजुलीलाई सचिव मनोनित गरिएको उल्लेख छ । साथै पराजुलीले लुम्बिनी प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

यस्तै २१ जना केन्द्रीय सदस्य मनोनित भएका छन् भने केन्द्रीय अनुशासन, लेखा परीक्षण र निर्वाचन आयोगको अध्यक्ष र सदस्यहरु तोकिएका छन् । अनुशासन आयोगको अध्यक्षमा शिवबहादुर देउवा छन् भने उपाध्यक्षमा लेखनाथ गुरागाईं र सचिवमा बालचन्द्र मिश्र छन् ।

लेखा परीक्षण आयोगको अध्यक्षमा भरतकुमार श्रेष्ठ, उपाध्यक्षमा विद्या ढकाल र सचिवमा सुशील ढुंगाना छन् । निर्वाचन आयोगको अध्यक्षमा माधव पौडेल, उपाध्यक्षमा चन्द्रकान्त ज्ञवाली र सचिवमा रोशन सुवेदी छन् ।

एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजन पनि हेरफेर गरेको छ ।

विदेश विभाग प्रमुखमा झलनाथ खनाल र उपप्रमुखमा प्रमेश हमाल छन् भने संगठन विभाग प्रमुखमा डा. वेदुराम भुसाल र उपप्रमुखमा प्रकाश ज्वाला छन् । पार्टी स्कुल विभागको प्रमुखमा प्रमेश हमाल छन् भने केन्द्रीय कार्यालय प्रमुख जीवनराम श्रेष्ठ छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८० शुक्रबार ००:००  ८ : ३५ बजे