१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दाङमा छोराको कुटपिटबाट बाबुको ज्यान गयो



दाङ ।
दाङमा जाँडरक्सी खाएर छोराले कुट्दा बाबुको ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका–५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीको कुटपिटबाट गएराति ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको ज्यान गएको हो ।

गम्भीर घाइते प्रेमबहादुरको उपचारका क्रममा ज्यान गएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनु भएको छ । सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : २९ भाद्र २०८० शुक्रबार ००:००  १ : ४६ बजे