१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाँकेस्थित पूर्व–पश्चिम राजमार्गमा विस्फोट



काठमाडौँ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोट भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने उक्त स्थानमा भएको विस्फोटमा कुनै मानवीय क्षति नभए पनि राजमार्गमा ठूलो खाडल परेको छ ।

विस्फोट भएपछि आज बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले सो स्थानको अवलोकन गरेको थियो ।

अवलोकनका क्रममा टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिए ।

विस्फोट भएको स्थानमा खिया लागेको तारका टुक्रा र चुनजस्तो देखिने धुलो मात्र फेला परेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८० आइतबार ००:००  १ : २० बजे